आन्दोलनमा सहभागी भएको भन्दै क्याथी प्यासिफिकका पाइलट कारबाहीमा

Newslaya Home

आन्दोलनमा सहभागी भएको भन्दै क्याथी प्यासिफिकका पाइलट कारबाहीमा

मङ्गलबार २८, साउन २०७६

हङकङ । हङकङको एयरलाइन्स कम्पनी क्याथी प्यासिफिकले हङकङमा भइरहेको प्रदर्शनलाई साथ दिएको भन्दै आफ्ना एक जना पाइलटलाई निलम्बन गरेको छ । सो एयरलाइन्स कम्पनीले सोमबार अवैध कार्यमा संलग्न प्रदर्शनकारीलाई साथ दिएकाले पाइलटलाई निलम्बन गर्नुपरेको जनाएको छ ।

क्याथी प्यासिफिकले पाइलटलाई कारबाही गरेको सार्वजनिक भएपछि सो कम्पनीको सेयर सोमबार ४ प्रतिशतले घटेको थियो ।

ती पाइलटसहित ४० जनालाई बेइजिङको मुख्य कार्यालय अगाडि प्रहरीसँग झगडा गरेको आरोप लगाइएको छ । क्याथी प्यासिफिकले आफ्ना सबै कर्मचारीलाई यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।