लामो दूरीको यातायात सञ्चालनमा दुई जना चालक अनिवार्य

Newslaya Home

लामो दूरीको यातायात सञ्चालनमा दुई जना चालक अनिवार्य

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको यातायात सञ्चालनमा दुई जना चालक अनिवार्य राख्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

लामो दूरीका सवारी साधनमा एक जना चालक रहँदा दुर्घटना बढेको भन्दै २५० किलोमिटरभन्दा बढी दूरीमा दुई जना चालक अनिवार्य राख्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘चार घण्टाभन्दा बढीको दूरीमा चल्ने सवारी साधनका यात्रीले आधा घण्टा आराम गर्नु पर्छ । र यातायात व्यवस्था ऐनको दफा १०४ मा ‘लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रुपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालो सवारी चलाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक तथा सञ्चालकको हुने छ ।’

उक्त नियम पालना नगरेमा कारवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । सवारी साधनमा एक जना मात्र सवारी चालक राखेका कारण अत्याधिक दुर्घटना बढेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।