अब बिए पनि चार वर्षे !

Newslaya Home

अब बिए पनि चार वर्षे !

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चार वर्षे बनाउने भएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा‍डा‍ शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चार वर्षे बनाउने निर्णय गरेको जानकारी दिए । कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ ।

यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको भुसालले बताए ।

मानविकीको स्नातक तहको कोर्सलाई समयसापेक्ष र व्यावहारिक बनाउने प्रयास भएको भुसालले बताए । मानविकीका विषयमा समानतासमेत ल्याउने प्रयास भएको बताए ।

अहिले प्रयोगात्मक हुने सबै विषयमा ३० नम्बरको प्रयोगात्मक र ७० नम्बरको सैद्धान्तिकको भार राखेको उनले बताए ।