‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर सुन्न सकिन्छ । गीतको शब्द पनि बाँस्कोटा र शर्माले नै तयार गरेका हुन् । बैजु कर्मचार्यको निर्देशनमा बनेको भिडियोमा गायकद्धय कालीप्रसाद र अनुपम फिचर छन् । गीतमा संगीत भने श्रृजना सन्नी सुमनले दिएका छन् ।

चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमा आर्टको ब्यानरमा बनेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको चलचित्रमा रुदेन सदा लोप्चा सह–निर्माताको रुपमा रहेका छन् । शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

चलचित्र यही असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।