सेवाग्राहिसँग घुस लिएको आरोपमा सुनसरीका एक सशस्त्र जवानमाथि मुद्दा दायर

Newslaya Home

सेवाग्राहिसँग घुस लिएको आरोपमा सुनसरीका एक सशस्त्र जवानमाथि मुद्दा दायर

सोमबार २७, साउन २०७६

सुनसरी । सेवाग्राहिसँग घुस लिएको आरोपमा सुनसरीका एक सशस्त्र जवानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण इनरूवा सुनसरीका जवान बलराम यादवविरुद्ध सो बराबर बिगो दाबी गरेको हो । अख्तियारले यादवविरुघ सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

व्यापार व्यवसाय सहज बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको अधारमा अख्तियारले यादवमाथि अनुसन्धान थालेको थियो। अनुससन्धानको क्रममा अख्तियारको इटहरीबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।