ओपो रेनो फाइभजीलाई उत्कृष्ट फोन डिजाइनको अवार्ड

Newslaya Home

ओपो रेनो फाइभजीलाई उत्कृष्ट फोन डिजाइनको अवार्ड

सोमबार २७, साउन २०७६

काठमाडौं । विभिन्न दूरसञ्चार ब्राण्डका बीच तुलनाका लागि ख्यातीप्राप्त “कम्प्यारिजन” साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ उपाधीबाट सम्मानित गरेको छ । साथै, ओपो रेनो फाइभजीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधी पनि दिएको छ ।

विज्ञ सम्पादकहरुको समुहले स्मार्टफोनलाई मूल्य, प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९ का उत्कृष्ट स्मार्टफोन्स तथा निर्माताको चयन गरेका थिए ।