यसकारण खाना खाइसकेपछि खाइन्छ सोप

Newslaya Home

यसकारण खाना खाइसकेपछि खाइन्छ सोप

सोमबार २७, साउन २०७६

 

खाना पचाउनका लागि र मुखको दुर्गन्ध हटाउनका लागि खाना खाइसकेपछि सोप चपाउने गरिनछ । सोपमा क्याल्सियम, सोडियम, आयरन, पोटासियम पाइन्छ । यस्तै, सोपमा औषधिय गुण हुन्छन् । आउनुहोस् जानौँ यसका फाइदाः

कब्जियतबाट राहतः सोपले कब्जियतको समस्या हुन दिदैन । यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

आँखाको रोशनी बढाउनः सोपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

पखाला कम गर्नः पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ । सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

खोकीको समस्या कम गर्नः खोकीमा पनि सोप निकै उपयागी मानिन्छ । सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

पाचकको काममाः खाना पछि सोप खानाले खाना राम्ररी पच्छ । सोपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

पेटको दुखाई कम गर्नः पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ साथै । पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

घाँटीको समस्या हटेर जान्छः घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

छालालाई चमक बनाउछः दैनिक रुपमा सोपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

हातखुट्टा पोल्न समस्या कमि आउछः हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।