एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियोसहित)

सोमबार २७, साउन २०७६

काठमाडौं । ‘इन्ष्टाको फोटो’ र ‘तिम्रो मायाले बाँधेर राख’ जस्ता गीतहरुको कभर गाएर चर्चीत बनेकी गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो खुसी’ बोलको गीतको भिडियो शनिबार सार्वजनिक भएको हो ।

खुसी इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतका गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

बेलायतमा बसेर गीत गजल लेखनमा लामो समयदेखि सक्रिय रहेका उप्रेती संगीत भर्ने पनि गर्छन् । यस गीतमा उनले मेलोडी पक्षलाई विशेष ध्यान दिएर सुमधुर बनाउने प्रयास गरेका छन् ।

उप्रेतीद्वारा संगीतवद्व यसअघि ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो । जसलाई नेपाल आइडल २ बाट चर्चित बनेका कृशल कँडेल र मीनराज पौडेलले गाएका थिए ।

‘तिम्रो खुसीमा’को म्युजिक भिडियोमा नायिका श्रृचा थापा र मोडल सुदिप न्यौपानेको अभिनय देख्न सकिन्छ । नायिका श्रृचाको पहिलो चलचित्र ‘लब यु हमेसा’ रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् ।

शक्तिकै सम्पादन रहेको भिडियो नमराज घिमिरेको छायांकन गरेका हुन् भने नृत्य निर्देशन प्रपिण थापाको रहेको छ ।