एमबीएसको प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै जनकपुरबाट तीनजना पक्राउ

Newslaya Home

एमबीएसको प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै जनकपुरबाट तीनजना पक्राउ

सोमबार २७, साउन २०७६

धनुषा । जनकपुरमा एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको छ । जनकपुर–४ बाट ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गर्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।