मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार २७, साउन २०७६

मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।ग्रामथान गाउँपालिका ७ नेताचोकका ३५ बर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको हो ।

आईतबार राती आफ्नै घरमा बिद्युतिय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर पाँचकोटी घाईते भएका थिए । पाँचकोटीको बिराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।