प्रधानमन्त्री आज स्वदेश फर्किँदै

Newslaya Home

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

सोमबार २७, साउन २०७६

काठमाडौँ । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँदै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सोमबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका थिए । उनी गएको शुक्रबार नै स्वदेश फर्किने तयारी थियो ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।