प्रत्येक नेपालीलाई ३९ हजार तीन सय रुपैयाँ ऋण

Newslaya Home

प्रत्येक नेपालीलाई ३९ हजार तीन सय रुपैयाँ ऋण

सोमबार २७, साउन २०७६

काठमाण्डौ । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक बर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो ।

गत आर्थिक बर्ष प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।

अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।