विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

Newslaya Home

विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

सोमबार २७, साउन २०७६

झापा । विर्तामोड नगरपालिकाको वडा कार्यालयमा सोमबार बिहान बम विस्फोट भएको छ । नगरपालिकाको गरामनीमा रहेको ७, ८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो ।

प्रहरीका अनुसार विस्फोट बिहान साढे चार बजे भएको हो । विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरी नायब उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।

उनले घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको बताए । विप्लव माओवादीले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।