फेसबुकले न्यूज ट्याब फिचर ल्याउँदै, के हो न्यूज ट्याब ?

Newslaya Home

फेसबुकले न्यूज ट्याब फिचर ल्याउँदै, के हो न्यूज ट्याब ?

आइतबार २६, साउन २०७६

काठमाडौँ । फेसबुकले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि यसैवर्ष देखि न्युज ट्याब फिचर ल्याउने भएको छ ।

सीएनइटीका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकले न्युज ट्याब ल्याउन लागेको हो।

विभिन्न पेज तथा ग्रुपका कारण फेसबुकले गुणस्तरीय सामाग्री भुल्दै गएको आरोपकाबीच फेसबुकले न्युज ट्याब लन्च गर्न लागेको हो।

फेसबुकले आफ्नो न्युज ट्याबमा गुणस्तरीय समाचार तथा समाग्री प्रदान गर्नका लागि एबीसी न्युज तथा वासिङ्टन पोस्टजस्ता विश्वसनीय संचारमाध्यमसँग सहकार्य गर्ने प्रयास गरिरहेको द वाल स्ट्रिट जर्नलले जनाएको छ।

फेसबुकले प्रकाशकसँग ३० लाख अमेरिकी डलरको प्रस्ताव गरेको पनि जनाइएको छ। न्युज ट्याब प्रयोगकर्ताले निशुल्क प्रयोग गर्न सक्नेछन्।