अवैध रुपमा ढुंगा उत्खनन् गर्ने चार वटा ट्याक्टर मोरङ प्रहरीको नियन्त्रणमा

Newslaya Home

अवैध रुपमा ढुंगा उत्खनन् गर्ने चार वटा ट्याक्टर मोरङ प्रहरीको नियन्त्रणमा

आइतबार २६, साउन २०७६

विराटनगर । मोरङको केराबारी गाउँपालिका–७ हुरहुरेबाट खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गर्ने चारवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा अबैध रुपमा ढुङ्गा लोड गर्दै गरेको को.२.त.६००६, को.२ त.८३१९, ना.३ त.३४४६ र को.१ त.३७७५ न. को ट्याक्टरहरू नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त ट्याक्टरहरुलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।