उडानका क्रममा एयर होस्टेस मदिरामा लठ्ठ, गयो जागिर (भिडियोसहित)

Newslaya Home

उडानका क्रममा एयर होस्टेस मदिरामा लठ्ठ, गयो जागिर (भिडियोसहित)

आइतबार २६, साउन २०७६

काठमाडौं । उडानका क्रममा एयर होस्टेस मदिरामा लठ्ठ भएको भेटिपछि जागिर गएको छ ।

अमेरिकाको विस्कोन्सिन राज्यको वाउकेशामा बस्ने जुलिएन मार्च युनाइटेड एक्सप्रेसको एयर होस्टेस शिकागोबाट इन्डियाना जाने क्रममा मदिरामा लठ्ठ रहेकी थिइन् ।

उनको मदिरामा लठ्ठ भएको उक्त दृश्य एक यात्रुले खिचेपछि उनको जागिर गएको छ ।

मार्च सीटहरूमा ढेसिएर बसेको र विमानमा आएका यात्रुहरूसँग आँखा जुधाएर हेर्न नसकेको यात्रु आरोन शेर्बले बताएका छन् ।

विमान परिचारिकाले विमान उड्ने बेलामा सुरक्षा घोषणा गर्दा लर्बरिएको सुनिएको अनि विमानमा सीटहरूको बीचबाट हिँड्दा यात्रुहरूसँग ठोकिएको उनले बताए । त्यसपछि उनी सीटबेल्ट नबाँधिकनै सीटमा बेहोश भए झैं गरी सुतेकी थिइन् ।

विमान अवतरण गरेपछि शेर्बले पाइलटहरूलाई उनको व्यवहारका बारेमा बताए । पाइलटहरूले यो कुरा थाहा पाएको र अधिकारीहरूलाई सूचित गरेको जवाफ दिए ।

त्यसपछि केही महिनायतामा मात्रै विमान परिचारिकाका रूपमा कार्यरत रहेकी उनलाई जागिरबाट निकालिएको हो ।