धरानमा भदौ ६ देखि पृथ्वी–लक्ष्मी राई खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

Newslaya Home

धरानमा भदौ ६ देखि पृथ्वी–लक्ष्मी राई खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

आइतबार २६, साउन २०७६

धरान । पृथ्वी–लक्ष्मी राई मेमोरियल ट्रष्ट धरानको आयोजनामा भदौ ६ र ७ गते खुल्ला ब्याटमिन्टनको आयोजना गर्न लागेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै पृथ्वी–लक्ष्मी राई खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका परिवारले आफ्ना बुबा र आमाको स्मृतिमा बनेको ट्रष्टले प्रतियोगिताको आयोजना गरेको छ ।

धरान–१३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय भवनमा हुने प्रतियोगितामा तीन वटा इभेन्टस्मा खेलाइने आयोजकले जनाएको छ । यस अघि धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु बिच प्रतियोगिताको आयोजना हुँदै आएको थियो । यस वर्ष देखि धरानमा ब्याडमिन्टन खेलको पनि प्रवद्र्धनका लागि खुल्ला गर्न लागिएको ट्रष्टका उपाध्यक्ष किशोर राईले बताए ।

सुनसरी ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता सिनियर डबल्स, राईजिङ डबल्स र भेट्रान डबल्स (५० वर्ष माथी) को प्रतिष्पर्धा हुने छ । प्राविधिक सल्लाहाकार प्रतिक श्रेष्ठका अनुसार प्रत्येक इभेन्ट्समा ८ जनाको समुह रहनेछ ।

प्रतियोगिताको सिनियर डबल्सका पहिलो र दोस्रोले नगद २५ हजार र १५ हजार रुपैयाँ, तेस्रोले ८ हजारका दरले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी, राइजिङ डबल्सका प्रथम र दोस्रोले नगद १० हजार र ५ हजार रुपैयाँ, तेस्रोले ३–३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, भेट्रानतर्फ पहिलो र दोस्रोले नगद १२ हजार र ६ हजार र तेस्रोले ३–३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रत्येक इभेन्ट्समा बेष्ट प्लेयर घोषित गदै सिनियर डबल्सलाई नगद २ हजार ५ सय, राइजिङ डबल्सलाई नगद १ हजार ५ सय रुपैयाँ र भेट्रान नगद २ हजार रुपैयाँ प्रदान गरिने छ ।