छोटा लुगा लगाएका महिलालाई टाउको काट्ने धम्की दिएपछि......

Newslaya Home

छोटा लुगा लगाएका महिलालाई टाउको काट्ने धम्की दिएपछि......

आइतबार २६, साउन २०७६

काठमाडौं । मोरक्कोमा स्वयंसेवी काम गर्न गएका बेल्जियमका तीन किशोरीहरूलाई छोटा लुगा लगाएका कारण एक स्थानीय शिक्षकले टाउको काट्ने धम्की दिएपछि उनीहरू घर फर्किने भएका छन् ।

किशोरीहरूले आदार गाउँमा सडक बनाउनका लागि स्वयंसेवा गरिरहेका थिए । छोटा लुगा लगाएर काम गरेका उनीहरूलाई धम्की दिइएको थियो ।

मोरक्कोको एक प्राथमिक विद्यालयका शिक्षकले सामाजिक सञ्जालमा उनीहरूको टाउको काट्न आह्वान गरेका थिए किनकि मुसलमानको धर्मलाई सम्मान नगर्नेलाई उनी पाठ पढाउन चाहन्थे, स्थानीय सञ्चारमाध्यममा लेखिएको छ ।

ती शिक्षकलाई सोमबार पक्राउ गरिएको र उनलाई आतंकवादी गतिविधि भड्काएको आरोपमा अभियोग चलाइने मोरक्को प्रहरीले बताएको छ ।

मोरक्कोका अधिकारीहरूले सुरक्षाको आश्वासन दिएको भए पनि असुरक्षित अनुभव गर्ने सबै स्वयंसेवीलाई देश फर्काउने बूवोर्डे संस्थाले जनायो । तर तत्कालका लागि ३४ जनाले स्वयंसेवाका लागि बस्न चाहेको संस्थाको भनाइ छ ।

बेल्जियन महिलालाई दिइएको धम्कीले मोरक्कोको प्रेस र सामाजिक सञ्जालमा कडा प्रतिक्रिया आएका छन् ।