दुई प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

Newslaya Home

दुई प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार २६, साउन २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।

घुस लिदालिदैं अख्तियारले रंगेहात नियन्त्रणमा लिएका उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको हो । उनीहरुले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग १८ हजार घुस लिएका थिए ।

सई पाण्डेले अर्का सई स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा अनुसन्धानको सिलसिलामा थुनामा रहेका व्यक्तिलाई छिटो थुनामुक्त गराइदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।