श्री पाथीभरा आमा सेवा संस्थाद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

Newslaya Home

श्री पाथीभरा आमा सेवा संस्थाद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

आइतबार २६, साउन २०७६

इटहरी । श्री पाथीभरा आमा सेवा संस्था नेपालले विराटनगरको जनता विद्यालयका बालबालिकालाई शौक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले विद्यालयका ५६ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको संस्थाकी अध्यक्ष पाथिभरा दासीले जानकारी दिइन् ।

गरिब विद्यार्थीलाई शिक्षामा सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरि वितरण गरिएको उनले बताइन् । यसअघि पनि संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको थियो ।