चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा आयुष केसीको स्वर (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा आयुष केसीको स्वर (भिडियोसहित)

आइतबार २६, साउन २०७६

काठमाडौं । भारतीय रियालिटी सो सारेगमप लिटिल च्याम्पबाट चर्चामा आएका आयुष केसीले चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीत गाएका छन् ।

उदय सोताङले गाएको गीतलाई आयुषको स्वरमा रि–एरेञ्ज गरिएको हो । चलचित्रमा उदय र आयुष दुवैको स्वर रहेको गीत समावेश गरिनेछ । उदयको स्वर रहेको गीतको भिडियोमा गीत गाउँदै गरेका आर्यन सिग्देल देखिनेछन् । त्यस्तै आयुषको स्वरमा भने अनुभव रेग्मी देखिनेछन् ।

गीतमा पवन चाम्लिङ ’किरण’को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकासराज आचार्यको निर्देशनमा तयार भइरहेको चलचित्र आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।