यस्तो ठाउँ जहाँ हरेक वर्ष ७० हजार सर्प भेला हुन्छन्

Newslaya Home

यस्तो ठाउँ जहाँ हरेक वर्ष ७० हजार सर्प भेला हुन्छन्

आइतबार २६, साउन २०७६

क्यानडाको म्यानिटोबामा हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् । हजारौं सर्पहरु एक ठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्षेनि ७० हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा हुने गरेका हुन् ।

त्यहाँ विभिन्न प्रजातिका सर्पहरु भेला हुन्छन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन् । क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्षेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।