अर्जुनधाराको नगरपालिकाको बजेट सार्वजनिक

Newslaya Home

अर्जुनधाराको नगरपालिकाको बजेट सार्वजनिक

आइतबार २६, साउन २०७६

झापा । अर्जुनधारा नगरपालिकाको पाँचौ नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७६–७७ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ५ करोड ९० लाख ३९ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरपालिकाकी उपप्रमुख कमला आचार्यले पाँचौं नगरसभाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रम समारोहमा प्रस्तुत गरेकी हुन् ।
प्रस्तावित बजेटमध्ये पूँजीगततर्फ ३४ करोड ३२ लाख रूपैयाँ र चालूतर्फ ७ करोड ९० लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले यस वर्षदेखि ‘असारे विकास’ अन्त्य गर्ने भएको छ । आर्थिक वर्षको अन्त्यमा हुने विकासका कामले नगरपालिकाको लगानी खेर गएको निष्कर्षसहित असारे विकास अन्त्य गर्ने नीति ल्याइएको हो ।