फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Newslaya Home

फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

आइतबार २६, साउन २०७६

काठमाडौं । फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक गरिएको छ। बाहुबलीपछि प्रभासले खेलेको यो पहिलो फिल्म हो।

फिल्ममा प्रभास एक अण्डरकभर एजेन्टको भूमिकामा देखिएका छन्, जसमाथि मिसन मुम्बईमा भएको २ हजार करोड रुपैयाँ चोरीको घटना पत्ता लगाउने जिम्मेवारी छ।

फिल्ममा अभिनेत्री श्रृद्धा कपुर क्राइम ब्रान्च अफिसर अमृता नैय्यरको भूमिकामा छिन् । फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश खलनायकको भूमिकामा छन्। यो फिल्म एक स्पाई जासुस थ्रिलर हो, जसमा भरपुर एक्सन देख्न पाइने छ।