झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

Newslaya Home

झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

आइतबार २६, साउन २०७६

झापा । झापामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

हल्दीवारी गाउँपालिका–२ मा शनिवार राती मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ३५ बर्षीय डम्बर बहादुर तामाङलाई ठक्कर दिंदा तामाङ लगायत मोटरसाईकल चालक बिर्तामोड–३ का ४५ बर्षीय देवबन्धु उप्रेती र पछाडी रहेका १३ बर्षीय राकेश ठाकुर घाईते भएका थिए ।

घटनास्थलमा प्रहरी चौकी हल्दीवारीबाट खटिएको प्रहरी टोलीले घाईते ३ जनालाई नै उपचारको लागि बि. एण्ड.सी अस्पताल बिर्तामोड पठाएकोमा पैदलयात्री डम्बर बहादुर तामाङको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।