काठमाडौंका दुई दर्जन बढी फिल्म हल बन्द

Newslaya Home

काठमाडौंका दुई दर्जन बढी फिल्म हल बन्द

आइतबार २६, साउन २०७६

काठमाडौं । काठमाडौं उपत्यकाका करिब दुई दर्जन फिल्म हल बन्द भएका छन् । चार दशक लामो इतिहास बोकेको सबैभन्दा बढी नेपाली चलचित्र चल्ने काठमाडौंको जमलस्थित विश्वज्योति सिनेमा हल भत्काएर अन्य व्यवसाय गर्ने भवन निर्माणको तयारी हुँदै छ ।

विश्वज्योतिजस्तै उपत्यकाका २५ वटा सिनेमा हल बन्द र भत्किने अवस्थामा छन् । केही त भत्किसके । झन्डै २० वर्षअघि नेपाली चलचित्र चल्ने उपत्यकाका विभिन्न हलमा दर्शकको लर्को लाग्ने गर्थ्यो ।

बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको स्तर खस्कनुलगायतका कारणले हलमा दर्शकको संख्या न्यून हुँदै जाँदा २०४६ सालपछि ह्वात्तै बढेका हल २०५८ पछाडि घट्दै गएको सरोकारवालाहरूले बताएका छन् । जसका कारण हलहरु बन्द भइरहेका छन् ।