हत्केलाका रेखा हेरेर पत्ता लगाउनुहोस् सरकारी नोकरी मिल्छ कि मिल्दैन

Newslaya Home

हत्केलाका रेखा हेरेर पत्ता लगाउनुहोस् सरकारी नोकरी मिल्छ कि मिल्दैन

आइतबार २६, साउन २०७६

ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन । आउनसहोस् जानौं :

तीन पर्वत
हाम्रो हत्केलामा धेरै प्रकारका पर्वत हुन्छन् । त्यसमा गुरु पर्वत, शनि पर्वत र सूर्य पर्वत । जसले सरकारी नोकरीको निर्धारण गर्ने गर्दछ ।

गुरु पर्वत
गुरु पर्वतले दिमाग र बुद्धिको संकेत गर्दछ । यदि तपाईको हातमा गुरु पर्वत छ भने सरकारी नोकरीको सम्भावना भएको संकेत गर्छ । साथै गुरु पर्वतमा यदि कुनै रेखा त्रिभुज वा वर्ग आकारको छ भने यो पनि सरकारी नोकरी मिल्ने संकेत हो ।

शनि पर्वत
शनि पर्वत जीवनमा कर्म र भाग्यको निर्धारण गर्ने रेखा हो । शनि पर्वत ज्यादै उठेको छ वा भित्र धसिएको छैन र सामान्य छ भने यो पनि सरकारी नोकरीको संकेत हो ।

सूर्य पर्वत
यदि तपाई राजनीतिको क्षेत्रमा मन्त्री वा सचिव बन्न चाहानुहुन्छ भने एकपटक आफ्नो हत्केलाको सूर्य पर्वतको जाँच गर्नुहोस् । यदि यो रेखा सीधा वा टुटेको छ भने पनि कडा मेहनत गरेपछि यो पद मिल्न सक्नेछ ।

भाग्य रेखा
भाग्य रेखा, जीवन रेखाको नजिकै हुन्छ । सामान्यतया यो रेखा जीवनरेखालाई छोएर शुरु भएको हुन्छ । यदि भाग्य रेखा सीधा र लामो लहराजस्तो छ भने यो सरकारी नोकरीको संकेत हो ।