झापामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

Newslaya Home

झापामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

आइतबार २६, साउन २०७६

भद्रपुर । झापामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

पोखरीमा डुबेर भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमनको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार शनिबार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा सोही नगरपालिकास्थित विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनको कपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको श्रेष्ठले बताए ।

शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि परिवारजनले शव बुझेका छन् ।