२०७६ साउन २६ गते आइतबारको राशिफल

Newslaya Home

२०७६ साउन २६ गते आइतबारको राशिफल

आइतबार २६, साउन २०७६

मेष । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

वृष । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला ।

मिथुन । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

सिंह । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योगछ ।

कन्या । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

धनु । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ । आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।