प्लास्टिकको चामल बेचेको भन्दै वाणिज्यको छापा

Newslaya Home

प्लास्टिकको चामल बेचेको भन्दै वाणिज्यको छापा

शनिबार २५, साउन २०७६

वीरगञ्ज । प्लास्टिकको चामल बेचेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापा मारेको छ । उसले दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले गोदाम सिल गरेर अनुसन्धान गरिरहेको छ ।