किन खाने माछा ? यस्ता छन् फाइदा

Newslaya Home

किन खाने माछा ? यस्ता छन् फाइदा

शनिबार २५, साउन २०७६

यदि तपाई मांशाहारी हुनुहुन्छ भने माछा खानु निकै स्वास्थ्यवर्धक मानिन्छ । अन्य मासुहरुको तुलनामा माछाको सेवन कयौं गुणा राम्रो मानिन्छ । आउनुहोस् जानौं माछा खानुका फाइदाः


– माछा खनाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।

– माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ।

– यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ ।

–यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ ।

– माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ । जसले गर्दा तनावमा भए पनि मस्तिष्कले आराम पाउँछ ।

– माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डिफोर आउने डर हुँदैन ।

– शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।

– हार्टअट्याक हुनबाट बचाउन सहयोग गर्छ ।

–क्यान्सर हुनबाट बच्चाउँछ ।

– नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ ।

– मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।

– माछाले डिप्रेसन हुनबाट बच्चाउँछ ।

– माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ ।

– आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ ।

– शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ ।