चाडमा जातीय समूहबीच झडप, ३७ जनाको मृत्यु

Newslaya Home

चाडमा जातीय समूहबीच झडप, ३७ जनाको मृत्यु

शनिबार २५, साउन २०७६

काठमाडौं । अफ्रिकी मुलुक पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार जानकारी दिएका छन् ।

पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको राष्ट्रपति देबाइले बताए । उनले भने, ‘विगत तीन दिनमा चाडको पूर्वी क्षेत्र क्वाडीमा ३७ जनाको मृत्यु हुनेगरी भएका साम्प्रदायिक दङ्गाबाट सरकार दुःखी बनेको छ ।’

ऊँट पाल्ने किसान र खेतीमा आश्रित किसानबीच झगडा भएको बताइएको छ । उक्त स्थान सुडानको सीमाक्षेत्रमा रहेको छ ।