२०७६ साउन २५ गते शनिबारको राशिफल

Newslaya Home

२०७६ साउन २५ गते शनिबारको राशिफल

शनिबार २५, साउन २०७६

मेष । चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

वृष । शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन । विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

सिंह । योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साँझमा पैशा खर्च हुने योगछ ।

कन्या । भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अरुको भर पर्दा धोका पाइनेछ ।

तुला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

वृश्चिक । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु । आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मकर । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

कुम्भ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ ।

मीन । आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।