विराटनगरमा भारतीय कन्टेनरको ठक्करले एक महिलाको मृत्यु

Newslaya Home

विराटनगरमा भारतीय कन्टेनरको ठक्करले एक महिलाको मृत्यु

शुक्रबार २४, साउन २०७६

विराटनगर । विराटनगर–५ बरगाछीस्थित कोसी राजमार्गमा भारतीय कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर–१ की ३५ वर्षीया स्वेता सहनी रहेकी छन् । बिहीबार राति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्री बाटोबाट निस्किँदै गरेको साइकललाई ठक्कर दिँदा सहनी घाइते भएकी थिइन् ।

साइकलयात्री सहनीको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ठक्कर दिने कन्टेनर र गाडी चालक बिहार भागलपुर बस्ने ३३ वर्षीय मोहम्मद सम्सुललाई पक्राउ गरिएको छ।