पिसाब थैलीमा भेटियो डेढ मिटर लामो तार, लिंगबाट छिराइएको आशंका

Newslaya Home

पिसाब थैलीमा भेटियो डेढ मिटर लामो तार, लिंगबाट छिराइएको आशंका

शुक्रबार २४, साउन २०७६

चितवन । मानिसको पिसाब थैलीमा करीब डेढ मिटर लामो विजुलीको तार भेटियो भन्ने सुन्दा एक पटक पत्याउन पनि मुस्किल हुन्छ । तर, मकवानपुरका एक ५० वर्षिय व्यक्तिको पिसाब थैलीमा यस्तो तार भेटिएको छ ।

कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ ।

विगत १० महिनादेखि लगातार बिरामी परेका उनलाई पिसाब थैलीमा पत्थरी रहेको भन्दै अप्रेशन गर्नुपर्ने भन्दै तत्काल औषधि सेवन गर्न लगाइयो । तर, करीब एक महिनासम्ममा पनि औषधिले काम गरेन । बरु अचानक पिसाब आउनै बन्द भयो ।

पछि पिसाब थैलीमा बिजुलीको तार रहेको पत्ता लागेपछि डाक्टरको सल्लाहअनुसार अप्रेशन गरि १ मिटर २० सेन्टिमिटर लामो विजुलीको तार निकालिएको थियो । डाक्टरका अनुसार तार बाहिरबाट पसाइएको हुनसक्ने बताएका छन् ।

ती व्यक्तिका अनुसार १० महिना अघि नाकमा फुली लगाउने महिलाको समूहले आफूलाई बेहोस् बनाएको र केही थाहा नभएको बताएका छन् । उनको लिङ्गबाट सो बिजुलीको तार पसाइएको शंका गरिएको छ ।