सुनको मूल्य ईतिहासमै सबै भन्दा उच्च

Newslaya Home

सुनको मूल्य ईतिहासमै सबै भन्दा उच्च

बिहीबार २३, साउन २०७६

काठमाडौं । सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बिहीबारका लागि तोकेको नयाँ मूल्य नेपाली सुन चाँदी व्यवसायको ईतिहासमै सबै भन्दा उच्च हो ।

अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको छ यस्तै चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।