दुई महिनापछि खुल्यो उदयपुर सिमेन्ट उद्योग

उदयपुर । दुई महिनादेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ ।
मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो । उद्योगले बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मोटर मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।
‘उद्योगले चालु आवमा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेकोमा जेठ १९ गतेसम्म १ लाख २२ हजार टन उत्पादन पु¥याइसकेको थियो । सोही क्रममा मोटरमा अचानक क्षती भएपछि काम रोकिएको थियो ।