पारस खड्काले धोनी र क्रिस गेललाई पछि पारे, उक्लिए २५ औं स्थानमा

Newslaya Home

पारस खड्काले धोनी र क्रिस गेललाई पछि पारे, उक्लिए २५ औं स्थानमा

बिहीबार २३, साउन २०७६

काठमाडौ । आईसीसीले सार्वजनिक गरेको टी–२० मा बरियतामा नेपालका कप्तान पारस खड्काले विश्वका चर्चित ब्याट्सम्यानहरुलाई उछिनेका छन् ।

उनले ठूलो छलाङ मार्दै ४१ बाट २५ औं स्थानमा उक्लिएका हुन् । खड्काले भारतीय खेलाडी सुरेस रैनालाईसमेत पछि पारे ।

खड्काले रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकजस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पारेका हुन् ।

ब्याटिङमा पनि खड्काले चर्चित खेलाडीलाई पछि पारेका छन् ।

खड्का ६६ औं स्थानमा उक्लिएका छन् । जबकी महेन्द्रसिंह धोनी ६७ औं स्थानमा छन । बिस्फोट ब्याट्सम्यान क्रिस गेल ७३ औं स्थानमा छन् ।