२०७६ साउन २३ गते बिहिवारको राशिफल

Newslaya Home

२०७६ साउन २३ गते बिहिवारको राशिफल

बिहीबार २३, साउन २०७६

मेष । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । प्रयत्न गरे अधिक फाइदा लिन सकिनेछ ।

बृष । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

मिथुन । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट । गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सन्तान सुख मिल्नेछ ।

कन्या । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ

तुला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभपनि रहला ।

बृश्चिक । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

धनु । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मकर । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कुम्भ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

मीन । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।