एकैदिन १५ सयले बढ्यो सुनको भाउ

Newslaya Home

एकैदिन १५ सयले बढ्यो सुनको भाउ

बुधबार २२, साउन २०७६

काठमाडौं । सुनको भाउ एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला ६९ हजार ५०० रुपैयाँमा पुगेको हो ।

बुधबार कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो। सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड राख्न थालेको छ।