सरकारले सित्तैमा टर्की पठाउने

Newslaya Home

सरकारले सित्तैमा टर्की पठाउने

बुधबार २२, साउन २०७६

काठमाडौं । नेपाल सरकारले युरोपियन मुलुक टर्कीमा निःशुल्क कामदार पठाउने भएको छ । सोविषयमा श्रम समझदारीको तयारी गरिरहेको छ ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाका अनुसार नेपाली कामदार टर्की पठाउँदा रोजगारदाताले नै लागत शुल्क व्यहोर्नुपर्ने व्यवस्था समझदारीमा समेटिने छ । त्यस्तै कार्यास्थलको दुर्घटना, बीमा, उपचार, बिदा, ओभरटाइमलगायतका सुविधासमेत समझदारीमै समेटिने मन्त्रालयले जनाएको छ ।

यस अघिदेखि नै रोजगारीका लागि नेपाली कामदारहरु युरोपियन मुलुक टर्की पुग्ने गरेका छन् । म्यानपावर कम्पनी तथा एजेन्टले प्रति कामदार ४ लाखदेखि ६ लाखसम्म असुली गर्नेसमेत खुलेको छ ।

टर्कीबाट फ्री भिसा, फ्री टिकटमा मौसमी कामको मागपत्र ल्याउने तर दुई वर्षको करार अवधि देखाई कामदारबाट लाखौँ रकम असुली गर्ने प्रवृत्तिका कारण टर्की रोजगारीका नाममा थुप्रै युवा समस्यामा परेका घटना पनि बाहिरिएका छन् ।