२०७६ साउन २१ गते मंगलवारको राशिफल

Newslaya Home

२०७६ साउन २१ गते मंगलवारको राशिफल

मङ्गलबार २१, साउन २०७६

मेष । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । पुनर्मिलनको योग रहेको छ ।

बृष । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मिथुन । मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

कर्कट । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला । सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

बृश्चिक । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

धनु । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

मकर । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ । कार्यमा अवरोध आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । घरमा अतिथीको आगमन हुनेछ ।