खनारको सनसाइन स्कुलकी पूर्व शिक्षिका तुलसा पोख्रेलको मृत्यु

Newslaya Home

खनारको सनसाइन स्कुलकी पूर्व शिक्षिका तुलसा पोख्रेलको मृत्यु

सोमबार २०, साउन २०७६

इटहरी । इटहरी–१२ खनारमा रहेको सनसाइन सेकेण्डरी इङलिस स्कुलकी पूर्व शिक्षिका तुलसा पोख्रेलको मृत्यु भएको छ ।

२३ वर्ष उक्त स्कुलमा पढाएकी पौडेल क्यान्सरबाट पीडित थिइन् । उनको आज (सोमबार) दिउँसो १२ः१५ बजे मृत्यु भएको हो ।

पौडले लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आइरहेकी थिइन् । स्वास्थ्य अवस्था निकै कमजोर भएका कारण उनलाई दुईदिन देखि भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो ।

उनले काम गर्दा वक्यौता तलब नपाएको भन्दै मिडियामा समेत छाएकी थिइन् । पछि स्कुलले सहयोग गर्न खोज्दा उनले लिन इन्कार गरेकी थिइन् ।

उनको पशुपती आर्यघाटमा आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • भवानी नेपाललेख्नुहुन्छ
  • |
  • सोमबार २०, साउन २०७६
भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।