इटहरीमा आयोजित बी ब्याइगं ब्याटल प्रेतियोगिता सम्पन्न

Newslaya Home

इटहरीमा आयोजित बी ब्याइगं ब्याटल प्रेतियोगिता सम्पन्न

आइतबार १९, साउन २०७६

इटहरी । इटहरीमा पहिलो पटक आयोजन गरिएको बी ब्याइगं ब्याटल प्रेतियोगिता शनिबार सम्पन्न भएको छ ।

युवा मनोरञ्जनलाई विशेष ध्यान दिँदै इटहरीको सेन्ट्रर प्लाजामा आयोजित सो प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । एभरेष्ट जाम पुर्वेली साइफर नाम दिइएको सो हिपहप प्रतियोगता जिरो ग्राभिटि क्रु इटहरीको संयोजकत्वमा सुनसरीमा भव्य रुपमा सम्पन्न भएको कार्यक्रमका संयोजक सरोज श्रेष्ठले जानकारी गराएका थिए ।

ट्रीकि ट्रिक्सको निर्णायकमण्डलीमा सम्पन्न भएको सो प्रतिस्पर्धामा बि ब्याई विसु झापाबाट प्रथम हुन सफल भएका थिए भने बि ब्याई सी फिप्टिन धरानबाट दोश्रो भएका थिए । प्रथम स्थान हासिल गरेका विजयीले काठमाडौँमा हुन लागेको एभरेष्ट ज्यामको अर्को प्रतिस्पर्धामा सिधै उत्कृष्ट १६ मा प्रवेश गर्न पाउने आयोजकले जानकारी दिएको छ ।

लियो क्लब अफ इटहरी,ग्रिन सिटी,ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा लि इभेन्ट पार्टनर रहेको सो कार्यक्रममा एक हजारभन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो ।