पोग्बा म्यानचेस्टर युनाइटेडमै रहने प्रशिक्षकको दाबी

Newslaya Home

पोग्बा म्यानचेस्टर युनाइटेडमै रहने प्रशिक्षकको दाबी

आइतबार १९, साउन २०७६

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेएरले पउल पोग्बा अरु कुनै क्लब नजाने स्पष्ट पारेका छन् । मिडफिल्डर पोग्बा यो सिजन इंग्लिस क्लबमै रहने प्रशिक्षक सोल्सकेएरले बताएका छन् ।

प्रि–सिजन अन्तर्गतको एसी मिलानसँगको अन्तिम खेलमा उनी युनाइटेडको टिममा थिएनन् । पोग्बा बिनाको सो खेलमा युनाइटेडले पेनाल्टीमा एसी मिलानलाई पराजित गरेको थियो । कार्डिफमा शुक्रबार भएको खेलका लागि पोग्बा त्यहाँ नपुग्नुको कारण उनको चोट रहेको प्रशिक्षक सोल्सकेएरले बताएका छन् ।

तर पोग्बा कार्डिफ नजानुको कारण उनले आफ्नो रियल मड्रिड मुभका लागि दबाब दिन रहेको खबर आएका थिए । पोग्बाप्रति रियल मड्रिडले विशेष चासो देखाएको छ र पोग्बा पनि युनाइटेड छोडेर रियल जान इच्छुक रहेको दाबी गरिन्छ ।

पोग्बा क्लबमै रहने दाबी गरेका प्रशिक्षक सोल्सकेएरले लेस्टर सिटीका सेन्टर–ब्याक ह्यारी मागुइरीलाई ८० मिलियन पाउण्डमा अनुबन्धन गरेको औपचारिक घोषणा चाँडै हुने पनि बताए ।