चराजस्तै पखेटा फटफटाउने विमान !

Newslaya Home

चराजस्तै पखेटा फटफटाउने विमान !

शनिबार १८, साउन २०७६

काठमाडौँ । युरोपेली विमान उत्पादक कम्पनी एयरबसले चराजस्तै पखेटा फटफटाउने विमानको परीक्षण गर्ने भएको छ।

एयरबसका अनुसार परीक्षणका लागि साना विमानहरु निर्माण भइसकेका छन्। यसको नाम नै अल्बाट्रसवन राखिएको छ। यसको परीक्षण चाँडै गर्ने कम्पनीको भनाइ छ।

यो विमान चरा उडे जस्तै उड्न सक्ने कल्पना गरिएको छ । त्यसैले यो विमानहरुको बनावट पनि चराको शारीरिक बनावटबाट प्रेरित रहेको छ ।

यद्यपी अहिलेसम्म यस्तो विमानको निर्माण हुन भने सकेको छैन् ।