विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

Newslaya Home

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

शनिबार १८, साउन २०७६

काठमाडौं । प्रहरीले विप्लव माओवादीका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला कमिटी सदस्य गणेश थापा क्षत्री, एरिया कमिटी सदस्य धनबहादुर राना र विप्लव माओवादीका मजदुर नेता भीमप्रसाद गौतम रहेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीले क्षत्री र रानालाई तनहुँबाट र गौतमलाई हेटौंडा उपमहानगर १४ बाट नियन्त्रणमा लिएको हो ।