१६ करोडको हिरा भन्दै बेच्न खोज्ने ६ जना रामधुनीबाट पक्राउ

Newslaya Home

१६ करोडको हिरा भन्दै बेच्न खोज्ने ६ जना रामधुनीबाट पक्राउ

बिहीबार १६, साउन २०७६

धरान । हिरा भन्दै बेच्नको लागि पैसाको बार्गेनिङ गरिरहेको अवस्थामा सुनसरीको रामधुनी नगरपालिकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मंगलबार रामधुनी ५ झुम्का नजिकै मोटरसाईकल पार्टस् दोकानमा हिरा खरिद विक्रीको वार्गेनिङ भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इनरुवाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत अररीया जिल्ला भंगही बस्ने मोहमद सरबर मियाँ, बिराटनगर ५ का चन्द्रशेखर शर्मा, सुनिल कार्की, पवन सोन, शंकर केबट छन् ।

उनीहरुको साथबाट गोल्डेन रङको प्रिज्म आकारको बस्तु तरल पदार्थमा राखिएको अबस्थामा भेटिएको छ । उनीहरुले उक्त वस्तु हिरा भएको र १६ करोड रुपैया पर्ने भन्दै बार्गेनिङ गरिरहेका थिए ।

दुस्खनी देवी चौधरीको घरबाट धातुको लकेटको सिसा भित्र रहेको हिरा जस्तो देखिने बस्तु समेत बरामद गरिएको सुनसरी प्रहरी प्रवक्त डिएसपी ज्ञानेन्द्र फुयलले जानकारी दिए ।