जहाँबाट तीन वटा सुर्य देखिन्छ

Newslaya Home

जहाँबाट तीन वटा सुर्य देखिन्छ

बिहीबार १६, साउन २०७६

एजेन्सी । नासाले एउटा यस्तो ग्रह पत्ता लगाएको छ, जसलाई तीनवटा सूर्यले एकै समयमा परिक्रमा गरिरहेको छ ।

आफ्नो अत्याधुनिक ‘एक्जोप्लानेट–हन्टिङ स्पेस टेलिस्कोप’ टेसमार्फत उक्त ग्रह पत्ता लगाएको हो ।

‘ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटलाइट’ अर्थात् टेस एउटा स्पेस टेलिस्कोप हो जसलाई हाम्रो सौर्यमण्डल भन्दा बाहिरी ग्रहबारे पत्ता लगाउने किसिमले डिजाइन गरिएको छ ।

एलटीटी १४४५ एबी नाम गरेको सो ग्रह पृथ्वीबाट ७३ प्रकाश वर्ष टाढा रहेको छ भने पृथ्वीभन्दा अलिकति ठूलो रहेको बताइएको छ । यसको सतहको तापक्रम करिब १६० डिग्री छ ।

यसको परिक्रमा गरिरहेका तीन सूर्य भने वास्तवमा साना ताराहरु हुन् जुन हाम्रो सूर्य भन्दा कम तातो भएको र नाङ्गो आँखाले देख्न सकिँदैन ।