इटहरीमा बिगबार चलाउँदै फुटबल स्टार सुरेन्द्र तामाङ (फोटोफिचरसहित)

Newslaya Home

इटहरीमा बिगबार चलाउँदै फुटबल स्टार सुरेन्द्र तामाङ (फोटोफिचरसहित)

बिहीबार ०२, साउन २०७६

इटहरी । नेपालका चर्चित पुर्व फुटबल खेलाडी सुरेन्द्र तामाङ अहिले फुटबलबाट अलि टाढा छन् । थ्री स्टार क्लबका स्टार खेलाडी सुरेन्द्र नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी थिए ।

फुटबललाई करिअर बनाएर हिडेका तामाङको करिअर यतिबेला होटल व्यवशाय बनेको छ । उनले इटहरी चोकमा एउटा रेष्टुरेन्ट चलाइरहेका छन् । बिग बार एण्ड ग्रील ।

किरणकुमार बिसीको होटलको लामो अनुभव र तामाङको पपुलारिटीको कारण बिगबार होटलले दिनदिनै लोकप्रियता कमाउँदै गएको छ । बिसीले होटलको व्यवस्थापनमा ध्यान दिन्छन् भने सुरेन्द्र सँगै लागेर सहयोग गर्छन् ।

राष्ट्रिय स्तरका खेलाडी हुन् वा कलाकारहरु स्वागत गर्न सुरेन्द्र आफै सक्रिय हुन्छन् ।

इटहरीको पश्चिम लाइन चोकैमा झण्डै एक करोडको लगानीमा खुलेको हो बिगबार । जहाँ पारिवारिक वातावरणमा समुह समुह बनाएर बस्न, खान पर्याप्त स्थान छुट्याइएको छ । छतमाथि खुला वातावरणमा बसेर पनि खाना खाने ठाउँको व्यवस्था गरिएको छ ।

ग्रीलको विशेष स्वाद लिन पाइने यो रेष्टुरेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरु बन्छन् । धुमपान गर्नेको लागि छुट्टै ठाउँ छुट्याइएको छ । बिहे, बर्थडे, एनिभर्सरी पार्टीहरुको लागिसमेत यो ठाउँ रोजाइमा पर्ने गरेको छ ।

बेला बेलामा यहाँ साँगीतिक कार्यक्रमहरुसमेत हुन्छन् । जसमा अहिलेसम्म दीपक बज्राचार्य, कुन्ती मोक्तान, दिपक लिम्बू, मिङमा शेर्पा, गजल सम्राट, निसान भट्टराईजस्ता विभिन्न राष्ट्रिय कलाकारहरुले समेत पारिवारिक वातावरणमा गीत संगीत प्रस्तुत गरिसकेका छन् ।

हेरौं बीगबारका केही तस्वीरहरु :